अभिनेत्री भेगन भएको थाहा पाएपछि ‘किस सिन’ अघि क्रिस हेम्सवर्थले खाएनन् मासु
गत जुलाई ८ मा विश्वभर प्रदर्शनमा आएको चर्चित हलिउड फिल्म ‘थोरः लब एण्ड थण्डर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्म प्रदर्शनपछि फिल्मका प्रमुख भूमिकामा रहेका अभिनेता क्रिस हेम्सवर्थ र अभिनेत्री नटाली पोर्टम्यान चर्चामा छन् । उनीहरुलाई अन्तरवार्ता दिन भ्याईनभ्याई छ ।
पछिल्लो एक अन्तर्वार्तामा पार्टम्यानले बताएकी फिल्म सुटिङको एक किस्सा फिल्मका फ्यान माझ चर्चामा छ । थोर सेरिजको नयाँ फिलममा जेन फोस्टरको भूमिकामा पुन देखिएकी पोर्टम्यानले बेलायती रेडियो कार्यक्रम ‘क्यापिटल ब्रेकफास्ट विथ रोमन केम्प’मा फिल्मको ‘किस सिन’को छायांकन अघि अभिनेतृ भेगन भन्ने थाहा पाएर हेम्सवर्थले मासु नखाएको बताए ।
नटालीका अनुसार उनले क्रिसलाई यसो गर्न नभनेको भए पनि उनी आफैले यस्तो कदम उठाएका थिए । प्रस्तोताले पोर्टम्यान र फिल्मकी अर्की अभिनेतृ टेसा थोम्पसनलाई हेम्सवर्थका खराबी भनिदिन उक्साइरहँदा उल्टो उनको राम्रो बानी भनेर बताएका थिए ।
‘किस सिनको सुटिङ गर्ने दिन क्रिसले बिहान मासु खाएनन् । म भेगन भएकाले उनले यस्तो कदम उठाएका थिए । जबकि उनी हरेक आधा घण्टामा मासु खान्छन् । उनी अरुको ख्याल गर्ने पाएँ । ’ पोर्टम्यानले भनेजस्तै हेम्सवर्थले हरेक आधा घण्टा मै त मासु नखालान् तर फिल्ममा बलिष्ठ ज्यान चाहिने भएकाले उनले दिनमा १० पटक खाने गरेको उनका ट्रेनजर ल्युक जोच्चीले एक भिडियोमा भनेका छन् ।
पोर्टम्यान धेरै पहिलेदेखि नै भेगन जीवनशैली अपनाएकी छन् । उनी आफू भेगन भए पनि अरुलाई त्यसको लागि दबाव नदिने गरेको बताइन् । भेगन जीवनशैली अपनाउनेहरू माछा मासुबाहेक पनि जीवजन्तुबाट आउने कुनैपनि उत्पादन खाँदैनन् र सकेसम्म जनावरको छाला, हड्डी आदिबाट बनेका सामाग्री पनि प्रयोग गर्दैनन् । यसमा दुध, दही, चिजजस्ता सबै चीज पर्छन् ।
भेगनहरु जनावरमाथि मानव अत्याचार उन्मुलन गर्ने उदेश्यले यस्तो जीवनशैली अपनाउने गर्छन् । पोर्टम्यानको अन्तरवार्ताको यो अंश अहिले भाइरल भएको छ । प्रयोगकर्ताहरूले क्रिसको सोचको प्रशंसा गरेका छन् ।
ओस्कार विजेता टाइका वाईटीटीद्वारा निर्देशित यस फिल्ममा क्रिस, नटाली, थम्पसनका क्रिश्चियन बेल, क्रिस प्य्राट, भिन डिजेल, डेभ बाटिस्टा, करेन गिलान, पोम क्लेमेन्टिफ र ब्राडली कूपर पनि मुख्य भूमिकामा छन् । सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : पदाधिकारीकाे मतदान सकिएपछि विवाद, ढोका बन्द भएपछि प्रतिनिधिको दबाब
-
४८ टोली सहभागी विश्वकपका कमजोरी देखाउने खेलहरू
-
कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
-
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
-
रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण