रामेछापमा एक वर्षमा ४३ वटा आत्महत्या, २९ यौन दुर्व्यवहारका घटना
आइतबार, ०१ साउन २०७९, १० : ०१
रामेछाप जिल्लामा एक वर्षमा ४३ वटा आत्महत्याका घटना भएका छन् । जिल्ला प्रहरी रामेछापका अनुसार ०७७ -०७८ मा १४ जनाले विष सेवन तथा २९ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार आत्महत्या गरेर ज्यान गुमाउनेमध्ये धेरैजसोको अहिले पनि कारण खुल्न सकेको छैन ।गत वर्ष विभिन्न प्रकृतिका १ सय ८८ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये ८९ वटा मुद्दाको फैसला भएको छ । ९९ वटा मुद्दा फैसला हुन बाँकी रहेको छ । रामेछापका ८ वटा स्थानीय तहमा २६ वटा यौनजन्य अपराधका घटना प्रहरीमा उजुरी दर्ता भए ।–न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण