बाराका चार खेलाडी २० वर्ष मुनिको राष्ट्रिय टिममा छनोट
भारतमा हुने यु २० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका बाराका ४ जना खेलाडी समावेश भएका छन् ।
जुलाई २५ देखि भारतमा संचालन हुने राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३ जनाको नामावली घोषणा गर्दा बारा जिल्लाका ४ जना खेलाडीहरु अन्तिम छनोट भएका हुन् । बाराबाट सहभागी भएका ४ जना मध्ये डुमरवानाका युनेश चौधरी, निजगढमा जन्मजय धामी, बकुलियाका अजय चौधरी र सिमराका मोहित गुरुङ रहेका छन् । अन्तिम छनोटमा परेका ४ जना यसअघि जिल्लामा स्थानीय क्लबहरूको माध्यमबाट फुटबल खेल्दै आएका थिए ।
जन्मजय र मोहित मिडफिल्डर, अजय डिफेन्डर र युनेस गोलकिपर हुन । सहिद स्मारक बि डिभिजन लिगका उत्कृष्ट गोलरक्षक युनेस पहिलो पटक उमेर समुहको राष्ट्रिय टोलीमा समावेश भएका हुन ।
जन्मजय, मोहित र अजय यसअघि पनि यु १६ राष्ट्रिय टोलीमा समावेश भएका थिए । पछिल्लो समय बारा जिल्लाले फुटबल खेलाडी उत्पादनमा मुख्य भूमिका निर्वाह गर्दै आईरहेकोले जिल्लाका खेलाडीहरु राष्ट्रिय टिममा सहभागी हुनु गौरवको विषय भएको बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
-
कोशी सरकारको मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
-
नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण