गोलरक्षक किरण चेम्जोङ सम्मिलित टिमले माल्दिभ्समा जित्यो उपाधि
नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण कुमार लिम्बू (चेम्जोङ) को टिमले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि दोस्रो पटक जितेको छ ।
शुक्रबार भएको धिवेही प्रिमियर लिगको खेलमा किरण सम्मिलित माजिया स्पोर्टस् एण्ड रिक्रियसनले डा ग्रान्ड स्पोर्टस् क्लबलाई १–० ले पराजित गर्दै लगातार तेस्रो पटक लिग उपाधि हात पारेको हो । समग्रमा उसको लिग उपाधि चौथो हो ।
माजियाको जितमा स्पेनिस खेलाडी टाना डोनिन्गुइजले ४१औं मिनेटमा निर्णायक गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । नेपाली टोलीका कप्तान समेत रहेका किरणले माजियाको तर्फबाट पूरा समय मैदानमा बिताएका थिए ।
माल्दिभ्समा किरणको यो दोस्रो लिग उपाधि हो । यस अघि किरणले टिसी स्पोर्टस्बाट लिग उपाधि जितेका थिए । ३२ वर्षीय किरणले माल्दिभ्समा सन् २०१८–१९ मा उपाधि जितेका थिए । जुन समय उनि लिग कै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । १९ खेल खेल्दा माजियाले १८ खेलमा जित, एक खेलमा हार बेहोर्दै ५४ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
-
कोशी सरकारको मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
-
नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण