एक वर्षमा विदेशबाट भित्रियो १६ करोड २० लाखको कन्डम

चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १६ करोड २० लाख रुपैयाँको कन्डम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको एक वर्षे अवधिको तथ्यांकअनुसार साउनदेखि असारसम्मको अवधिमा उक्त मूल्य बराबरको कन्डम आयात भएको हो ।
यस अवधिमा विदेशबाट ५ करोड २८ लाख ३७ हजार थान कन्डम भित्रिएको छ । नेपालमा विश्वका ७ वटा मुलुकबाट कन्डम भित्रिने गरको छ । भारत, चीन, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम आउने गरेको तथ्यांकले देखाएको छ ।
जसमध्ये, भारतबाट सबैभन्दा धेरै ११ करोड ७० लाख ९२ हजार रुपैयाँको कन्डम भित्रिएको छ । यस्तै, दक्षिण कोरियाबाट २ करोड ४८ लाख रुपैयाँको कन्डम भित्रिँदा दक्षिण कोरियाबाट ९६ लाख ९४ हजार रुपैयाँको भित्रिएको छ । यस्तै, मलेसियाबाट ५९ लाख रुपैयाँको आयात हुँदा चीन ५४ लाख ५२ हजार रुपैयाँको कन्डम आयात भएको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि
-
'फेस अफ नेपाल २०२५' सुरू, हट्यो उचाइको मापदण्ड
-
दरबारमार्गमा स्केचर्सको पहिलो आधिकारिक स्टोरकाे उद्घाटन
-
कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?
-
दोस्रो अग्निपरीक्षाको घडीमा माधव नेपाल, १८ वर्षअघिको इतिहास फर्किएला ?