मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा रहेका छन् ।
अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ८०८७ नंको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा ६७ प २८९२ नंको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । सो घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय एण्डी लामा घाइते भएको प्रहरीले जनाएको छ ।
यसैबीच यही साउन ४ गते रोशी गाउँपालिका–१ फलामे साँघु स्थित रोशी खोलाले बगाएर बेपत्ता भएका नमोबुद्ध नगरपालिका–९ का ४८ वर्षीय ज्ञानबहादुर लामाको शव मङ्गलबार फेला परेको छ । लामालाई भैँसी चराएर घर फर्कने क्रममा खोलाले बगाएको थियो । शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण