भन्सार छलेका सामग्रीबाट पाँच करोड राजस्व असुल
भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट रु पाँच करोड ३६ लाख राजस्व असुल गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर मार्फत गत आर्थिक वर्षमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरी सो राजस्व असुल गरेको हो ।
नवलपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार गत आवमा भन्सार छलेर ल्याइएका सामग्री भन्सार चलानमार्फत उक्त राजस्व सङ्कलन भएको हो । प्रहरीले भन्सार छलेर ल्याएका सामग्री नियन्त्रणपछि थप कारबाहीका लागि भन्सार चलान गरेको छ । बरामद गरिएका सामग्री सबैजसो पश्चिम नवलपरासी र रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छलेर ल्याउने गरेको पाइएको प्रहरी उपरीक्षक महर्जनले बताउनुभयो । नवलपुरमा एकमात्रै त्रिवेणी नाका छ । अन्य जिल्लाका नाकाबाट भित्रिएका सामग्रीसमेत बरामद गरिएको हो ।
प्रहरीको गस्तीका क्रममा भन्सार नतिरी नेपाल भित्र्याइएको ५९५ थान मोबाइल, कपडा, पाटपुर्जा, किरानाका सामान, युरिया मल, चिनी, भाँडावर्तनलगायतका सामग्री बरामद गरी भन्सार चलान गरी राजस्व असुल गरेको हो । प्रहरीले नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ४४४ साधनका चालकलाई कारबाही गरेको छ । जरिवाना वापत रु ७९ लाख राजस्व असुल गरिएको महर्जनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण