लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने
बुधबार, ११ साउन २०७९, १२ : २६
फुटबल क्लब बार्सिलोना र लिभरपुलका फरवार्ड लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने भएका छन् । ३५ वर्षीय उरुग्वेका स्ट्राइकर लुईस स्वारेज गत सिजन एट्लेटिको मड्रिडसँगको सम्झौता सकिएपछि क्लब विहीन छन् ।
स्वारेजको अनुबन्धमा रिभर प्लेट र बोरुसिया डर्टमन्ड पनि देखिएका थिए । तर, स्वारेजले भने आफ्नो पूर्वक्लब नासियोनलमा फर्किने निर्णय गरेका हुन् ।
उनले सन् २००५ मा नासियोनलबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए । उनले एट्लेटिकोबाट दुई सिजनमा ६७ लिग खेल खेल्दै ३२ गोल गरेका छन् ।
त्यसअघि उनी बार्सिलोना र लिभरपुलमा आवद्ध थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण