खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
काठमाडौं । कारागारबाट रिहा भएसँगै अख्तियार र सम्पत्ति शुद्धीकरणमा उपस्थित गराइएका पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा थुनामुक्त भएका छन्। बुधबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो।
प्रतिक थापालाई ‘खोजेको बेला उपस्थित हुनेगरी’ रिहा गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकृतले रातोपाटीलाई बताए ।
भुटानी शरणार्थी प्रकरणमा उनी पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा थिए। काठमाडौं जिल्ला अदालतको फैसला अनुसार थापा बुधबार थुनामुक्त भएका हुन्।
अदालतको फैसला अनुसार रिहा गरेर उनलाई अख्तियार र विभागमा उपस्थित गराइएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले रातोपाटीलाई बताए। उनले भने, ‘दुवै निकायबाट हामीकहाँ पत्र आएको थियो।’
भ्रष्टाचारसम्बन्धी मुद्दामा उपस्थित गराइए पनि सार्वजनिक पद धारण नगरेको देखिएपछि थापालाई अख्तियारले तारेखमा छाडेको छ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको कसुरमा मुद्दा दायर गरिएका ३० जनामध्ये प्रतिकसहित सात जनाले सफाइ पाएका छन्। सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानका आधारमा २०८० जेठमा सरकारी वकिलले आरोपीहरूविरुद्ध अदालतमा अभियोग दायर गरेको थियो। अभियोग दायर गर्दादेखि फरार रहेका आठ जना मुद्दाको फैसला हुँदा पनि फरार नै देखिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण