शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोरङमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एक जनाको मृत्यु

बुधबार, ११ साउन २०७९, १६ : ३९
बुधबार, ११ साउन २०७९

मोरङको बेलबारी नगरपालिका–८ मतुवामा ट्रकमा कार ठोक्किँदा कारमा सवार एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा कार चालक घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार झापाको दमक नगरपालिका–४ का १४ वर्षीय राजु बराइली रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक बेलबारी नगरपालिका–१ का २२ वर्षीय सन्दिप लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ । रोकिराखेको को १ ख ८००४ नम्बरको ट्रकमा बा ११ च २४५८ नम्बरको कार आज बिहान ७ बजे ठोक्किएको थियो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप