अर्जेन्टिनी रक्षक मार्टिनेज म्यानचेस्टर युनाइटेडमा
बिहीबार, १२ साउन २०७९, १२ : ०४
इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आयाक्सका रक्षक लिसान्ड्रो मार्टिनेजलाई अनुबन्ध गरेको छ । प्रशिक्षक टेन हाङले ओल्ड ट्राफोर्डमा अर्जेन्टिनी रक्षक मार्टिनेजलाई सन् २०२७ सम्मका लागि ५६.७ मिलियन पाउन्डमा अनुबन्धित गरेका हुन् ।
२४ वर्षीय रक्षकलाई इङ्ग्लिस अर्को क्लब आर्सनलले पनि चासो देखाएको थियो । सन् २०१९ मा अर्जेन्टिनी क्लब आयाक्स झरेपछि मार्टिनेजले १२० खेल खेलेका छन् ।
सन् २०१९ मा अर्जेन्टीना राष्ट्रिय टिममा डेब्यु गरेका मार्टिनेजले सात खेल खेलेका छन् । सन् २०२१ मा अर्जेन्टीनाले कोपा अमेरिकाको उपाधि जित्दा मार्टिनेज टोलीका महत्वपूर्ण सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण