औषधि खरिदमा अनियमितता नभएको स्वास्थ्य सेवा विभागको दाबी
काठमाडौं । औषधि तथा उपकरण खरिदमा अनियमितता नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागको औषधि खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियासँग मंगलबार स्पष्टीकरण सोधेका थिए ।
तर, प्रमुख चौरसियाले कुनै गलत नगरेको दाबी गरेका थिए । करिब १० अर्बभन्दा बढीको औषधि र उपकरण खरिद गर्दा कुनै अनियमितता नभएको विभागले दावी गरेको छ । विभागद्वारा खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ अनुसार नै भएको विभागले प्रस्ट पारेको छ । आर्थिक वर्ष २०७८–७९ मा १० अर्बको नभई २ अर्ब ४५ करोड अनुमानित लागतको खरिद प्रक्रिया सुरु गरी करिब १ अर्ब ९३ करोडको खरिद सम्झौता भएको विभागले जनाएको छ ।
समाचारहरुमा उल्लेख गरिएजस्तो १० अर्बको नभई २ अर्ब ४५ करोड अनुमानित लागतमा खरिद प्रक्रिया सुरु गरी करिव १ अर्ब ९३ करोडको खरिद सम्झौता भएको विभागले जनाएको छ ।
विभागले कुनै पनि एक फर्मसँग मात्र खरिद कार्य गरेको, आर्थिक हिनामिना गरेको भन्ने कुरामा पनि सत्यता नरहेको जनाएको छ । ‘खरिद सम्बन्धी काम कारवाही गर्दा प्रचलित कानुन विपरीत हुने गरी कुनै काम नगरिएको, खरिद कार्य स्वच्छ, प्रतिस्पर्धा हुने गरी निष्पक्ष ढंगले गरिएको व्यहोरासमेत जानकारी गराउन चाहन्छौँ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण