हिरासतमा रहेकी महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा असई पक्राउ
शुक्रबार, १३ साउन २०७९, १५ : ३८
प्रहरी हिरासतमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी सहायक निरिक्षक (असई)लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई प्रवीण चौलागाईंलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
ईप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत चौलागाईंले सोधपुछका क्रममा ति महिलालाई दुव्र्यवहार गरेका हुन् । साउन ११ मा बहुविवाह गरेको कसुरमा ति महिला पक्राउ परेकी थिइन् । बिहिबार राति २ बजे असईले ति महिलालाई सोधपुछ गर्न भन्दै आफ्नो कार्यकक्षमा लगेका थिए ।
असई चौलागाईंलाई जिल्लामा झिकाएर थुनामा राखिएको एसपी अधिकारीले बताए । उनले भने–‘पीडित पक्षलाई जाहेरी ल्याउन भनेका छौं, जाहेरी नआए विभागीय कारवाही हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण