महिला युरो : इङ्ल्यान्डलाई पहिलो पटक उपाधि जित्ने मौका
आइतबार, १५ साउन २०७९, १२ : ३४
इङ्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) हुँदैछ । वेम्बली स्टेडियममा हुने जर्मनी र इङ्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।
आठ पटकको च्याम्पियन जर्मनी नवौं उपाधिका लागि मैदान उत्रने छ । यसअघि जर्मनीले आठ पटक महिला युरोकपको उपाधि जिति सकेको छ । यता इङ्ल्यान्ड पहिलो पटक उपाधि जित्ने योजनामा हुनेछ । प्रतियोगितामा पहिलो उपाधि जित्दै इतिहास रच्ने मौका इङ्ल्यान्डलाई छ ।
सेमिफाइनल खेलमा स्वीडेनलाई हराउँदै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । इङ्ल्यान्ड स्वीडेनलाई ४–० गोल अन्तरले हराएको हो । यता जर्मनी भने सेमिफाइनलमा फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । दुई पटक फाइनलमा पुगेर इङ्ल्यान्डले उपाधि जित्न सकेको थिएन ।
यता जर्मनी भने आठ पटक फाइनलमा पुगेर आठै पटक उपाधि जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण