एम्बुलेन्सको ठक्करबाट घाइते भएका युवकको मृत्यु
आइतबार, १५ साउन २०७९, १४ : ३३
झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । गत साउन ४ गते झापाको कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा– कुमरखोद सडकखण्डमा भएको सो दुर्घटनामा घाइते भएका स्कुटर चालक २३ वर्षीय राजेश कार्की आइतबार उपचारको क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे १ च १६५४ नं। को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १-०१-०१५ प २१४८ नं. को स्कुटरलाई ठक्कर दिँदा झापा गाउँपालिका–६ बस्ने राजेश कार्की र उनको श्रीमती २० वर्षीया शर्मिला कार्की घाइते भएका थिए ।
दुवैको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा राजेश कार्कीलाई १४ गते थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । उपचारको क्रममा उनको आज बिहान ६ बजे मृत्यु भएको थियो । एम्बुलेन्स र एम्बुलेन्स चालक चन्द्रबहादुर बि।क प्रहरीको नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण