काजोलको अभिनय यात्राको ३० वर्ष पुरा, फ्यानले भने - ‘तिमी महापुरुष हौं !’
अभिनेत्री काजोलको अभिनय यात्राको ३० वर्ष पूरा भएको छ । करिब तीन दशकको अभिनय करियरमा उनले कयौँ हिट फिल्म दिएकी छन् ।
‘बेखुदी’ बाट बलिउड अभिनयमा डेब्यु गरेकी उनको ‘बाजीगर’, ‘दिल वाले दुल्हनिया ले जायेंगे’, ‘गुप्त’, ‘प्यार तो होना ही था’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘फना’, ‘ताना जी’ जस्ता उनका सम्झना योग्य फिल्म धेरै छन् ।
फ्यानलाई धन्यवाद
बलिउडमा आफूले ३० वर्ष पूरा गरेको अवसरमा काजोलले सामाजिक सञ्जाल मार्फत फ्यानलाई समेत धन्यवाद दिएकी छन् । काजोलले आफ्नो अफिसियल इन्स्टाग्राम एक भिडियो शेयर गर्दै तीस वर्षको यात्राको सम्झनामा धन्यवाद दिएकी हुन् । जसमा उनले केही महत्वपुर्ण फिल्म समेत उल्लेख गरेकी छन् । उनले लेखेकी छिन्, ‘हिजो कसैले सोध्यो मलाई कस्तो लाग्छ ? वास्तवमा यो शब्दमा वर्णन गर्न सकिँदैन । यति मात्र भन्न सकिन्छ ममाथि निःशर्त मायाको वर्षा गर्नुहुने सबैप्रति हार्दिक आभार ।’
फ्यान भने-‘तिमी महापुरुष हौं !’
काजोलले फ्यानलाई दिएको धन्यवादमा फ्यानले पनि शुभकामना व्यक्त गरेका छन् । फ्यानले उनलाई ‘क्वीन’ भनेर समेत सम्बोधन गरेका छन् । बधाई दिँदै एक फ्याले लेखेका छन्, ‘धेरै बधाई ! हामी तीस वर्षदेखि तपाईलाई सहयोग गर्न यहाँ छौं ।’
त्यस्तै अर्का फ्यानले भनेका छन् । ‘तिम्रो ‘दिल वाले दुल्हनिया ले जायेंगे’ मेरो मनपर्ने फिल्म हो । अर्का एक फ्यानले भने उनलाई महापुरुष भनेका छन् । उनले लेखेका छन्, ‘तिमी महापुरुष हौ । म खुसी छु कि तपाई फेरि आफ्नो करियरको बारेमा गम्भीर हुनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण