१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि ६० खेलाडी छानिए
बिहीबार, १९ साउन २०७९, ०७ : १८
१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।
एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो। एन्फाले टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ ।
नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
-
कोशी सरकारको मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
-
नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण