अभिनेता मिथिलेश चतुर्वेदीको निधन
बिहीबार, १९ साउन २०७९, ११ : ३९
वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । हृदयघातका कारण ३ अगस्ट अर्थात बुधबार साँझ उनको निधन भएको हो । लामो समयदेखि हृदय रोगसँग लडिरहेका उनको पछिल्लो दिनमा स्वास्थ्यमा समस्या आएपछि लखनउमा उपचार भइरहेको थियो । यसै क्रममा उनको हृदयघातका कारण मृत्यु समाचारमा जनाइएको छ ।
मिथिलेश चतुर्वेदीको मृत्युको पुष्टि उनका ज्वाई आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत गरेका छन् । आशिष चतुर्वेदीले सामाजिक सञ्जालमा मिथिलेशको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘तपाई संसारकै उत्कृष्ट पिता हुनुहुन्छ । तपाईले मलाई ज्वाइँ होइन, छोराको जस्तो माया दिनुभएको थियो । तपाइको आत्माले शान्ति पाओस् ।’
चतुर्वेदीले सनी देओलको ‘गदर’, मनोज बाजपेयीको ‘सत्या’, शाहरुख खानको (अशोका’ को अलवा ‘ताल’, ‘बन्टी और बबली’, ‘कृष’, ‘रेडी’ लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण