शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘फेक’ आइडीको आतङ्क, भण्डारीले हर्क साम्पाङविरुद्ध मुद्दा हाल्ने

बिहीबार, १९ साउन २०७९, २१ : ४७
बिहीबार, १९ साउन २०७९

 फेसबुक पेज ‘हर्क साम्पाङ ए रेभुलुसन’ बाट पोष्ट भएको एक विषयलाई लिएर धरानकी निवर्तमान उपप्रमुख मन्जु भण्डारीले धरानका नगर प्रमुख हर्क साम्पाङविरुद्ध साइबर अपराधमा मुद्दा हाल्ने बताएकी छन् ।

साम्पाङको पेजबाट आफ्नो नामबाट जातीय सद्भाव बिथोल्ने खालको पोष्ट आएपछि भण्डारीले बिहीबार पत्रकार सम्मेलन गर्दै साम्पाङविरुद्ध मुद्दा हाल्ने बताएकी हुन् । सोही क्रममा उनले विज्ञप्ति जारी गर्दै आफूले त्यसखालको पोष्ट नगरेको स्पष्ट पारेकी छन् ।

‘मेरो आईडी मार्फत सम्प्रेषण भएको जस्तो देखिने गरी फेक पोस्ट जेनेरेटर एप्लिकेसनको प्रयोग गरी आदिवासी जनजाति समुदायप्रति लक्षित गरेर जुन ढङ्गबाट धरानवासीको सामाजिक सद्‌भावमा चोट पुग्ने सामग्री उत्पादन गरी नगर प्रमुख हर्कराज राईको फेसबुक पेज मार्फत सम्प्रेषण भएको छ, उहाँको यस समाजिक द्वेष सिर्जना हुने खालको घृणित कार्यको म निन्दा गर्न चाहन्छु र खेद प्रकट गर्दछु,’ भण्डारीले भनेकी छन् ।

भण्डारीले विज्ञप्ति जारी गरेपछि हर्क साम्पाङले सामाजिक सञ्जालमा एउटा पोष्ट लेख्दै ‘सम्पूर्णमा मेरो अनुरोध, फेक आइडी खोलेर नचलाऔँ !’ भनेर उल्लेख गरेका छन् । उता आफ्नो फेसबुक आइडीको दुरुपयोग गरेर सामाजिक सद्भाव भड्काउने कोसिस भएको भन्दै पत्रकार मिलन बुढाथोकीले पनि साइबर अपराध ब्यूरो काठमाडौंमा मुद्दा हालेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप