आफ्नै थातथलोमा फर्किँदै सप्तकोशीका विस्थापित
सप्तकोशीमा पानीको सतह घटेसँगै बाँध फुटाएर वस्ती पसेको पानीको सतह पनि घटेको छ । उदयपुरको बेलका नगरपालिका १ डुम्रीबोटेबाट सप्तकोशी गत मंगलबार पुरानै धारमा बग्न सुरु गरेको थियो । जसको कारणले बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाका विभिन्न स्थानको मानवबस्ती जोखिममा छ । त्यस्तै सुनसरीको बराह नगरपालिकाको ९ र ६ नम्बर वडाका २० हजार मानिस प्रभावित भएका थिए ।
तर, दुई दिनयता कोशीमा पनि पानीको बहाव कम भएको र बाँध फुटेको स्थानबाट बस्ती पसेको पानीको सतह पनि कम भएका कारण कम जोखिमको महसुस गर्दै सर्वसाधारण आफ्नै थातथलोमा फर्किएका हुन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले दिएको जानकारी अनुसार बाँध फुटेको स्थानमा पानी घटेसँगै तत्काल बाँध निर्माणमा सरकार जुटेको छ । ‘धेरै मानिसहरु आफ्नै घरतर्फ फर्केका छन्,’ कार्कीले भने, ‘केही दिन नजान भनेर प्रशासनले भन्दा पनि सर्वसाधारण पानी घटेको भन्दै आफ्नै घरतर्फ लागेका छन् ।’
२०४५ सालको भूकम्पपछि धार परिवर्तन गरेको सप्तकोशीले पुनः सोही धार पक्डन खोजेको थियो । यद्यपि वर्षा रोकिएका कारण ठूलो क्षति हुन भने पाएन । गत वर्ष पनि यस्तै भंगालो गाउँतिर पस्न थालेपछि स्थानीयले त्यसलाई रोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण