रुपन्देहीको तिलोत्तमामा जग्गा नापजाँच सुरु
शुक्रबार, २० साउन २०७९, १४ : २९
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय भूमि आयोगले अवस्थित बसोवासीहरुको जग्गा नापजाँच कार्य सुरु गरेको छ । शुक्रबारदेखि नगरपालिकाको तीन नम्बर वडामा एक समारोहकाबीच नापजाँच सुरु गरिएको हो । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले रुपन्देहीका दशवटा पालिकाहरूका नापजाँच गर्ने कार्यक्रमअनुसार आजदेखि तिलोत्तमामा सुरु भएको बताए ।
उनले छिट्टै नापजाँचको काम सम्पन्न गरी समस्याको रूपमा रहेको दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गर्ने बताए कार्यक्रममा तिलोत्तमा नगरका नगर प्रमुख रामकृष्ण खाँणले सुकुम्वासी समस्यालाई सबै मिलेर समाधान गर्नुपर्ने बताए । उनले नगरको अन्य आधारभूत कार्यका लागि हातेमालो गरेर अगाडि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण