प्रिमियर लिगमा आज ६ खेल हुँदै
इङ्ग्लिस प्रिमियर लिगमा आज बिभिन्न ६ खेल हुँदैछन् । शुक्रबारबाट सुरु भएको नयाँ सिजनको दोस्रो दिनमा ६ खेल हुन लागेका हुन् ।
शनिबार हुने पहिलो खेमला फुलहमले लिभरपुललाई आतिथ्यता प्रदान गर्दैछ । फुलहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ५:१५ बाट सुरु हुनेछ ।
आजको खेलमा लिभरपुल सहज जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ । यता फुलहम पनि सोही योजनामा हुनेछ ।
आज हुने अर्काे खेलमा टोटेनहमले साउथ ह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।
सोही समयमा बर्नमाउथले एस्टनभिल्लासँग प्रतिस्पर्धा गर्दा न्युक्यासलले नथिङहम फरेस्टलाई आतिथ्यता प्रदान गर्नेछ । यसै समयमा हुने अर्काे खेलमा लिड्स युनाइटेड र उल्भ्स प्रतिस्पर्धा गर्नेछन् ।
आज हुने अन्तिम खेलमा एभर्टनले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
-
कोशी सरकारको मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
-
नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण