जब अमिताभ बच्चनको फिल्मको सुटिङको लागि अफगानिस्तानमा युद्ध रोकियो
सन् ९० को दशकको कुरा हो । अफगानिस्तानमा मुजाहिद्दीन र सरकारबीच भीषण युद्ध चलिरहेको थियो । त्यही बेला अफगान राष्ट्रपति नजिबुल्लाहकी छोरीले आफ्ना पितासँग एक दिनका लागि मुजाहिद्दीनसँग युद्धविराम गर्न आग्रह गरिन् ।
राष्ट्रपतिकी छोरी हिन्दी फिल्म उद्योगका सबैभन्दा ठूला स्टार आफ्नो देशमा आउन लागेकाले उनले देशको राजधानी काबुलमा घुम्न पाउँछन् र धेरैले उनलाई देख्न पाऊन् भन्ने चाहन्थिन् । त्यस समय अफगानिस्तान आउँदै गरेका स्टार थिए अमिताभ बच्चन । उनले अभिनय गर्न लागेको फिल्म खुदा–गवाहको सुटिङ अफगानिस्तानमा गरिन लागिएको थियो ।
अफगान राष्ट्रपति नजिबुल्लाह र उनकी छोरीको यो किस्सा अफगानिस्तानका लागि भारतका पूर्व राजदूतले केही वर्षअघि लद्दाखमा सुनाएका थिए । सन् १९९२ मे ८ मा रिलिज भएको खुदा–गवाहको छायाङ्कन काबुल र मजार शरीफमा गरिएको थियो । र फिल्म रिलिज भएको ३० वर्ष बितिसकेको छ ।
अफगानिस्तानको सबैभन्दा चर्चित हिन्दी फिल्म
३० वर्षअघि खुदा–गवाह अफगानिस्तानमा रिलिज हुँदा यो सो देशमा चलेका हिन्दी फिल्महरूमध्ये सबैभन्दा चर्चित फिल्म बनेको थियो । फिल्मको निर्माण क्रममा निर्माण पक्षले विभिन्न रोचक घटना अनुभव गरेको फिल्म निर्माता मनोज देसाई सम्झन्छन् ।
‘खुदा गवाह फिल्म निर्माणको क्रममा फिल्म युनिटको सुरक्षाका लागि भनेर पाँचवटा तोप अगाडि र पाँचवटा ट्याङ्क पछाडि लाग्ने गर्दथ्यो,’ देसाईले भने । ‘अफगानिस्तानमा अमिताभ बच्चन यति लोकप्रिय थिए कि तत्कालीन विद्रोही नेता बुरहानुद्दीन रब्बानीबाट आफू बच्चनको ठूलो फ्यान भएको र फिल्म युनिटलाई विद्रोही समूहबाट कुनै खतरा नभएको सन्देश पठाए । उनले सुटिङ क्षेत्रमा युद्ध स्थलगत गर्न लगाउने बताएका थिए,’ निर्माता देसाईले सम्झिए ।
एकजना भारतीय फिल्म स्टारको लागि गृहयुद्धमा रहेको देशका सरकार, मुजाहिदीन र विद्रोही सब एकजुट भएका थिए । त्यसबाहेक फिल्म युनिटलाई भारत सरकारको पनि साथ थियो । अमिताभ बच्चन र तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीबीच घनिष्ठ मित्रता थियो । राजीव गान्धीले अफगानिस्तानमा ‘खुदा–गवाह’को सुरक्षाको लागि त्यहाँको राष्ट्रपति नजिबुल्लाहसँग व्यक्तिगत रूपमा सुरक्षाको ग्यारेन्टी मागेका थिए ।
अनौठो संयोग के भयो भने फिल्मको हबिबुल्लाह नामको पात्रलाई फाँसी दिइएको दृश्य जुन स्थानमा सुटिङ भएको थियो, सोही स्थानमा राष्ट्रपति नजिबुल्लाहलाई चार वर्षपछि मुजाहिद्दिनहरुले फाँसी दिएका थिए । –बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण