मुक्ति समाज उर्लाबारीको प्रथम अधिवेशन सम्पन्न
नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्मत चयन भएका छन् ।
शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा गीता गजमेर, सचिवमा राजिव दियाली, सहसचिवमा टिकाराम विश्वकर्मा र कोषाध्यक्षमा देवी पाँचकोटी सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै सवै सदस्यहरूसमेत सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।
कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्यहरु भद्रमान विश्वकर्मा, दिपेन्द्र पासवान, नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोला, उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडालगायतले अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण