नेपालगञ्जमा बाल उद्यान बनाइँदै
नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरलाई आकर्षक बनाउन बाल उद्यान निर्माण गरिने भएको छ । मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा उद्यान निर्माणको काम सुरु गरिएको छ । आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उक्त उद्यान शिलान्यास गरेका थिए ।
यही पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक करोड ८२ लाखको लागतमा उच्चकोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको नगर प्रमुख विष्टले बताए । उनका अनुसार करिब रु छ करोड लागत अनुमान गरिएको बाल उद्यानभित्रको करिब पाँच दशमलव पाँच कठ्ठा जग्गामा पहिलो चरणमा रेष्टुराँ, पार्किङ, फुटपाथ, सटरसहितको आधारभूत काम हुनेछ ।
डिपिआर अनुसार आधुनिक संरचना सहितको बाल उद्यान र दुई तले रेष्टुराँ निर्माण गरिनेछ । यसबाट बागेश्वरी मन्दिरको सौन्दर्यमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । पहिलो चरणको निर्माण सम्पन्न भएपछि दोस्रोचरणको निर्माण कार्य अघि बढाइने उपमहानगरपालिका प्राविधिक शाखा प्रमुख भूपेन्द्र बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण