कानेपोखरीले बाँड्यो निर्देशिका विपरीत प्रोत्साहन भत्ता, मृत शिक्षकलाई तलब !
मोरङको कानेपोखरी गाउँपालिकाले अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका विपरीत बजेट निर्माण प्रोत्साहन भत्ता बापत ९ जना कर्मचारीलाई १ लाख ८० हजार रुपैयाँ वितरण गरेको पाइएको छ । कानेपोखरी गाउँपालिकाले २०७८ असार ८ गतेको कार्यपालिका बैठकमा निर्णय गरी आर्थिक वर्ष २०७८/०७९ को गाउँसभा बजेट अधिवेशनका लागि आवश्यक तयारी गर्न, बजेट नीति कार्यक्रम निर्माण, बजेट तयारी, सूत्र प्रणालीमा प्रविष्ट गर्ने लगायत काम २०७८ जेठ २० गतेदेखि बेलुका निरन्तर ८ बजेसम्म गरेको भनी भत्ता वितरण गरेको हो ।
९ जना कर्मचारीलाई गाउँपालिकाले २० हजारका दरले प्रोत्साहन स्वरूप भुक्तानी दिने निर्णय गरेको थियो । यसरी भत्ता लिनेमा प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, लेखा अधिकृत अजित भट्टराई, स.चौ. यादव निरौला, ले.पा. नारायण दंगाल, अ.छैटौँ गोविन्द प्रसाद फुयाल, सु.प्र.अ. अलङ गुरुङ, क.अ. अशोक घिसिङ, एम.आइ.एस अपरेटर चूडामणि कोइराला र सचिवालय कर्मचारी गणेश सुवेदी रहेका छन् ।
मृत्यु भएका र अवकाशप्राप्त शिक्षकलाई तलब !
यसैबीच गाउँपालिकाले मृत्यु भइसकेका र सेवा निवृत्त भइसकेका शिक्षकलाई समेत तलब निकासा गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा गाउँपालिकाले २०७७ साल पुस ८ गते मृत्यु भएका बाल मावि कानेपोखरी ३ का शिक्षकलाई ५१ हजार ५ सय रुपैयाँ निकासा गर्नु पर्नेमा १ लाख २१ हजार ९७४ रुपैयाँ निकासा गरेको हो । यस्तै २०७७ जेठ २१ गते मृत्यु भएका जनमत सरस्वती आधारभूत विद्यालय कानेपोखरी २ का शिक्षक जनकसिंह दनुवारलाई ५६ हजार ५३७ रुपैयाँ निकासा गर्नु पर्नेमा १ लाख १ हजार ७६७ रुपैयाँ निकासा दिएको छ ।
२०७८ जेठ १९ गते सेवा निवृत्त भएका बाल मावि कानेपोखरी –३ का शिक्षक जयराम झाले पाउनु पर्ने रकम ८४ हजार ७८ रुपैयाँ थियो । तर, गाउँपालिकाले १ लाख ५७ हजार ६४७ रुपैयाँ निकासा दिएको देखिएको छ । तीनै जना शिक्षकलाई कुल १ लाख ८९ हजार २७३ रुपैयाँ रकम बढी दिइएको देखिएको छ । उक्त बढी भएको रकम असुल उपर हुनुपर्ने महालेखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण