वर्षा नसकिँदै नगरपालिकाबाटै तिनाउ नदीको दोहन
बुटवल । वर्षायाम नसकिँदै रुपन्देहीको तिलोत्तमास्थित तिनाउ नदीमा दोहन सुरु गरिएको छ । हिउँद महिनाभर गिट्टी, बालुवा चोरी तस्करी हुने यस नदीमा यसपटक स्थानीय सरकारले वर्षा याम नसकिँदै नदीको दोहन खुला गरेको छ ।
नगरको विपत व्यवस्थापन समिति र जिल्ला विपत व्यपस्थापन समितिबाट निर्णय गराएर नदीबाट गिट्टी, बालुवा निकालिएको छ । वन क्षेत्रमा डिभिजन वन कार्यालय र अन्य ठाउँमा स्थानीय सरकारले वर्षको तीन महिना जेठ, असार र साउनभर नदीमा पस्नसमेत बन्देज गरेका हुन्छन् । तर तिलोत्तमा नगरपालिकाले साउन महिनामै तिनाउबाट नदीजन्य बस्तु निकालेर बाहिर डम्पिङ गरेको छ । नदीले कटान गर्न सक्ने भएकाले बहाव मिलाउन नदीबाट गिट्टी, बालुवा निकालिएको नगर प्रमुख रामकृष्ण खाँणको दाबी छ ।
तिलोत्तमा वडा नं. ४ को डिङ्गरनगर क्षेत्रमा पर्ने तिनाउ नदीबाट नदीजन्य बस्तु निकालिएको हो । नगरप्रमुख खाँणका अनुसार करिव ५ सय टिप्पर नदीजन्य पदार्थ निकालिएको छ । नगरपालिकाका इन्जिनियर युवराज पराजुलीले भने के कति परीमाणमा नदीजन्य बस्तु निकालिएको भन्नेबारे प्रतिवेदन तयार पार्न बाँकी रहेको बताए ।
वातावरणविद् गोरखनाथ खनालले प्रक्रिया अनुसार नदीको ईआईए गरेरमात्र हिउँद महिनामा टेण्डरमार्फत निकासी गर्नुपर्ने भए पनि नदी कटानको डरले यस्तो गरिएको हुनसक्ने बताए ।
त्यस क्षेत्रमा डिङ्गरनगरबाट सेमलार जोड्ने पुल समेत बन्दैछ । स्थानीयका अनुसार पुलको जग वरिपरि बहाव मिलाउने गरी नगरपालिकाले नदीजन्य वस्तु उत्खननको निर्णय गराएको हो । तर नदीको करिव डेढ किलोमिटरको दुरीमा उत्तरतर्फ स्काभेटर लगाएर नदीजन्य पदार्थ निकालिएको छ । यस क्षेत्रमा यसअघि पनि रातिमा नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको थियो ।
अहिले नगरपालिकाले निकालेको नदीजन्य पदार्थ कहाँ र केका लागि प्रयोग गर्ने भन्ने निर्णय गरिएको छैन । जिल्ला विपत व्यवस्थापन समितिको सल्लाहमा नगरभित्रै सडकहरु बनाउन नदीजन्य पदार्थ प्रयोग गरिने नगरप्रमुख खाँणले बताए । तर नाम उल्लेख नगर्ने सर्तमा एकजना स्थानीयले भने, ‘जनप्रतिनिधिहरुले नै सेटिङ मिलाएर यस्तो काम गरेका छन्, यसले तिनाउको दोहन झन बढ्ने देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण