नुवाकोटको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति
अविरल वर्षाका कारण नुवाकोटकको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति पुर्याएको छ । मंगलबार तादी खोलामा आएको बाढीबाट नुवाकोट– १ का विभिन्न ठाउँमा क्षति पुर्याएको हो ।
नेपाली काँग्रेस नुवाकोट – १ प्रदेश (ख) का सभापति रामजी पौडेलले बाढीले दुप्चेश्वर गाउँपलिकाको राउतबेँसीमा बस्तीमा सबेत क्षति पुगेको बताए । उनले राउतबेँसीमा खेती योग्य जमिन बगरमा परिणत भएको र पशु चौपाया पनि बाढीले बगाएको पौडेलले बताए । यस्तै पन्चकन्या गाउँपालिका सिमरामा खेतीयोग्य जमीन खण्डहरमा परिणत भएको उनको भनाइ छ ।
त्यस्तै सातबीसे र थप्रेक जोडने तादीखोलको पुलको एउटा भाग भासिएको छ । उक्त सडक अवरुद्ध छ । लिखु गाउँपालिका ढिकुरेको पक्की पुलमा क्षति हुँदा काठमाडौ आउजाउ गर्न अवरुद्ध भएको पौडेलले बताए ।
उनका अनुसार थप्रेक, आप्र र बाहुनबेसी र ढिकुरे जोड्ने पक्की पुलहरुमा व्यापक क्षति पुगेको छ । काँग्रेस प्रवक्ता महतले प्राकृतिक प्रकोपबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दारमा लाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण