कीर्तिपुरबाट २९ तोला सुनका गहना लुटपाट
कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा प्रवेश गरेर लुटेरा समूहले सुनका गहना लुटेका छन् । साउन २४ मा राति १२ बजे घरमा छिरेर चार जनाको समूहले २९ तोला सुनका गहना लुटेका हुन् ।
घरमा ३ जना थिए । दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेशन गरेर बसेका जेष्ठ नागरिक थिए । मुल ढोका फुटाएर घरमा प्रवेश गरेको समूहले २९ तोला सुन र १ लाख ५० हजार गहना लुटेर फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
‘लुटमा संलग्नहरुबारे अनुसन्धान भइरहेको छ’ एसपी मैनाली भन्छन्–‘घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउँछौं ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ४ जनाको समुह घरमा प्रवेश गरेर लुटपाट गरी भागेको थाहा भएको छ । लुटेरा समूहले घरमा छिरेपछि भने–‘तपाईहरु चुपचाप बस्नुस्, अवैध सामान छ भन्ने सूचना आएर हामी आएका हौं ।’ त्यसपछि घरधनीले उनीहरुलाई सोधे–‘तपाइहरु कहाँबाट आएको ?’ लुटेराले जवाफ दिए–‘हामी जंगलबाट आएका हौं ।’
उनीहरुले सुनका गहना बाहेक १ लाख नगद लुटेर लगेका छन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत कीर्तिपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण