रुपन्देहीमा डेंगु रोगी बढ्दै
रुपन्देहीमा दैनिक रूपमा डेंगु संक्रमितको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले हालसम्म जिल्लामा २६९ जना डेगुका रोगी भेटिएको बताए । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
डेंगुका रोगी बढेपछि बुटवलमा डेंगु नियन्त्रण अभियान सुरु गरिएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा खोज तथा नष्ट अभियान सुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बास स्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको हो । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नं. १, ५ र ६ मा खोज र नष्ट अभियान सञ्चालन भइसकेको र अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?
-
सरकारले ल्यायो नयाँ विज्ञापन नीति (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण