कमेडियन राजु श्रीवास्तवको अवस्था नाजुक, भेन्टिलेटरमा राखेर उपचार
बिहीबार, २६ साउन २०७९, ०९ : ५८
कमेडियन राजु श्रीवास्तवको अवस्था चिन्ताजनक रहेको छ । दिल्लीको एम्स अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।
राजुका पीआरओ गर्वित नारंगले भने, ‘साँझ डाक्टरहरूले उनको एन्जोप्लास्टी गरेका छन् । तर, उनको मष्तिष्कले प्रतिक्रिया दिइरहेको छैन । २३ घण्टाभन्दा बढी समय भइसकेको छ । पल्स ६०–६५ को बीचमा रहेको छ ।’ डाक्टरहरूका अनुसार राजुको मुटुको एक ठूलो हिस्सामा १०० प्रतिशत ब्लकेज रहेको छ ।
राजुको नजिक रहेका मकबूल निसारका अनुसार उनी बिहान होटलको जीममा व्यायाम गरिरहेका थिए । ट्रेडमिलमा कुद्दै गर्दा उनको मुटुमा पीडा भएको थियो । उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो ।
राजु पार्टीका केही नेतालाई भेट्न दिल्ली पुगेका थिए । राजु २०१४ मा बीजेपीमा आबद्ध भएका थिए । मकबुलका अनुसार राजुको अवस्था अहिले स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण