रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता
रोल्पामा एकहजार ९५३ नयाँ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले सुरुवात गरेको मतदाता नामावली सङ्कलनको क्रममा जिल्लामा ती नयाँ मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगले गत असार १ गते देखि तीन स्थानबाट मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । जिल्लाको पश्चिमी र उत्तरी भेगका मतदाताका लागि इलाका प्रशासन कार्यालय घर्तीगाउँ, लिवाङस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली सङ्कलनको काम भएको थियो निर्वाचन कार्यालय रोल्पाका सूचना अधिकारी लभ लाइट वलीले बताए ।
उनले भने, “मतदाता नामावलीमा दोहोरोपना नहोस भनेर काम गरिरहेका छौं ।” जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख ५२ हजार २३ मतदाता रहेको थियो । सो कार्यालयका अनुसार नयाँ मतदाता थपिनु अघि ती मतदातामध्ये यस अवधिमा चार हजार १० मतदाताको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण