माओवादीको स्थायी कमिटीमा ११ महिलाको इन्ट्री, अरु क-कसलाई समेटियो ? (नामावलीसहित)
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्यमा ११ जना महिलालाई पहिलो पटक प्रवेश दिइएको छ । ती स्थायी कमिटी सदस्यमा ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, अञ्जना विशंखे, यशोदा सुवेदी, अमृता थापा, कमला रोका, रेखा शर्मा, सीता पोखरेल र उर्मिला अर्याल रहेको खुमलटार स्रोतले जनाएको छ । उनीहरु सबैलाई पहिलो पटक स्थायी कमिटी सदस्यमा माओवादी नेतृत्वले प्रवेश दिएको हो।
यस्तै स्थायी कमिटीमा यसअघि नै सो भूमिकामा रहिसकेका प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गणेश शाह, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, मातृका यादव, लीलामणि पोखरेल, हितराज पाण्डे रहेका छन् ।
यस्तै डिलाराम आचार्य, महेश्वरराज जंग गहतराज, हकिकुल्लाह खाँ, श्रीराम ढकाल, जोख बहादुर महरा र प्रह्लाद बुढाथोकी, राम कार्की, हितमान शाक्य, कालीबहादुर मल्ल, खगराज भट्ट, परशुराम तामाङ, रामेश्वर राय यादव, गणेशमान पुन, नारायण दाहाल, विश्वनाथ साह र कुल प्रसाद केसी पनि स्थायी कमिटीमा रहेका छन् । स्थायी कमिटी बैठकबाट तय भएको ४३ जनाको नामावली बिहीबार घोषणा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण