फेरि बढ्यो कोरोना संक्रमण, परीक्षणको दायरा बढाउने तयारी
कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टिजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ । कोभिड–१९ को संक्रमण दर बढिरहेको अवस्थामा बुधबार मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले एन्टिजेन परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो ।
बैठकले बिहिबार दिक्तेल स्थित सरस्वती मावि, पञ्च मावि, दिक्तेल बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा एन्टिजेन परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने र आवश्यकताको आधारमा अन्य शैक्षिक संस्थामा परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै, गत २५ साउनमा भएको डिसिसिएमसीको निर्णय अनुसार तीन दिनभित्र आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउनका लागि नगरपालिकाले सार्वजनिक स्थल र भिडभाड हुने स्थानमा अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्क, स्यानिटाइजरको प्रयोग गर्न, नियमित साबुन पानीले हात धुन र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । यस्तै, विवाह, ब्रतबन्ध, सभा, सम्मेलन, धार्मिक तथा साँस्कृतिक पर्व, उत्सव मनाउँदा भौतिक दुरी कायम गर्न, मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण