खसी बजार १५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन
बिहीबार, ०२ भदौ २०७९, ०८ : १६
काठमाडौं महानगरपालिकाले बल्खु स्थित खसी बजार हटाउन निर्देशन दिएको छ । आज एक सूचना प्रकाशित गर्दै महानगरले बल्खु स्थित खसी बजार १५ दिन भित्र हटाउन निर्देशन दिएको हो ।
खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरी परेपछि उक्त निर्णय लिइएको महानगरले बताएको छ ।
खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गर्न पनि सूचनामार्फत आग्रह गरिएको छ । निर्णयको अवज्ञा भएमा कानुन अनुसार हटाइने चेतावनी पनि महानगरले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण
-
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड
-
एमालेले पनि लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता
-
‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने
-
इशान स्मार्ट सिटीको प्रस्तावलाई फेरि क्याबिनेटमा लैजाने सहरी विकास मन्त्रालयको तयारी
-
काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छ : मन्त्री भण्डारी