विराटनगरमा राधाकृष्ण रथयात्रा (फोटोफिचर)
विराटनगरको तीनपनै चोकबाट राधाकृष्ण रथयात्रा निस्किएको छ । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट ३:५० बजे रथयात्रा निस्किएको हो । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिने गरिन्छ । यसअघिका दुई वर्ष कोरोना महामारीका कारण खट यात्रा मात्रै निकालिएको थियो ।
यो निस्किएको ५४ औँ रथयात्रा हो । तीनपैनीबाट निकालिने रथ यसअघि मेन रोडबाट ट्राफिक चोक, हिमालय रोड हुँदै कोसी लोक मार्ग प्रवेश गराएर बरगाछीबाट मन्दिरतर्फ लैजाने गरिएको थियो । सौन्दर्यीकरणको कामले हिमालय रोडमा अवरोध भएका कारण रथलाई रोड शेष चोकबाट घुमाउने तयारी छ ।



विक्रम संवत् १९८९ सालबाट सुरु भएको खट यात्रालाई पछि गएर रथयात्रामा परिणत गरिएको हो । २०२५ सालदेखि विराटनगरमा रथयात्रा गरिँदै आएको छ । कोरोनाका कारण रथ यात्राको ५२ र ५३ औँ संस्करण भने खट यात्रामा सीमित भयो । दुई वर्ष राधाकृष्णको युगल जोडीलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो ।

रथ यात्राका लागि २२ फिट लम्वाई, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ तयार पारिएको छ । विराटनगरको रथ यात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ । रथ यात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण