कोसी पीडितलाई राहत वितरण
शनिबार, ०४ भदौ २०७९, १९ : २०
नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको हातबाट आज सुनसरी बराहक्षेत्र नगरपालिकाका कोसी पीडितलाई राहत वितरण गरिएको छ ।
केही दिन अगाडि सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिकास्थित डुम्रीबोटमा धार परिवर्तन गरेर बस्तीमा प्रवेश गर्दा पीडित भएका बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ श्रीलङ्का टापुका एक सय ६५ पीडित परिवारलाई मन्त्री कार्कीको हातबाट राहत वितरण गरिएको हो ।
उनीहरुलाई नेपाल रेडक्रस सोसाइटी, चौधरी ग्रुप र करुणा फाउण्डेशनको सहयोग तथा मन्त्री कार्कीको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी प्रकाशपुरका रविन घिमिरेले जानकारी दिए । पीडित परिवारलाई २५ किलो चामल, एक/एक किलो दाल, नुन, खाने तेल, मसाला, साबुनलगायत सामग्री वितरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण