देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ । त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ । कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि केके गर्नुपर्छ भन्नेबारेमा कम्पनीलाई पत्र पठाएको थियो । सोही पत्रको जबाफमा कम्पनीले थप लगानी र समय लाग्ने बताएको हो। पहिलो सम्झौता चार अर्ब ६७ करोड रुपियाँको थियो।
यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले भने, “देवनगरी लिपिमा लेख्न सम्भव रहेको पत्र आएको छ तर त्यसका लागि समय र लगानी थप गर्नुपर्ने माग गरिएको छ। पत्र यातायात मन्त्रालयमा पठाएका छौँ।” मन्त्रालयले कम्पनीलाई विस्तृत विवरणसहितको खर्च माग्ने भएको छ। मन्त्रालयका प्रवक्ता चूडाराज ढकालले भन्नुभयो, “खर्च बढी हुने देखिएको छ । पुनः विस्तृत वितरण माग्ने भनेका छौँ । छलफलमै छौँ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग
-
सरकारका १०० दिनः सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा केन्द्रित
-
तरुण दलले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न ७७ जिल्लामा खटायो प्रतिनिधि
-
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल (अन्तर्वार्ता)
-
कांग्रेसले प्रतिनिधिसभामा भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण