बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

तरुण दलले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न ७७ जिल्लामा खटायो प्रतिनिधि

बिहीबार, १८ असार २०८३, १३ : ४३
बिहीबार, १८ असार २०८३

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पार्टीको आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै देशभर ‘क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरण अभियान’ प्रभावकारी बनाउन भन्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।

तरुण दलका अध्यक्ष मनिष कोइरालाले ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र जारी गर्दै केन्द्रीय प्रतिनिधिहरू खटाइएको जानकारी गराएका हुन् । परिपत्र अनुसार, खटाइएका प्रतिनिधिहरू आगामी २०८३ असार २० गतेभित्र आफूलाई तोकिएको जिल्लामा पुगिसक्नुपर्नेछ ।

अध्यक्ष कोइरालाले जिल्ला कार्यसमितिहरूलाई केन्द्रीय प्रतिनिधिहरूसँग आवश्यक समन्वय, सहकार्य र सहजीकरण गरी पालिका तथा वडा तहसम्मै यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन पनि त्यही परिपत्रमा दिएका छन् । 

‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको सन्दर्भमा सञ्चालन भइरहेको यो अभियानलाई परिणाममुखी बनाउन सम्पूर्ण जिल्ला कार्यसमितिको सक्रिय भूमिका रहनेमा केन्द्रीय कार्यालय विश्वस्त छ,’ परिपत्रमा लेखिएको छ ।

अभियान अवधिभर केन्द्रीय कार्यालयसँग नियमित सम्पर्कमा रही प्रगति विवरण उपलब्ध गराउन र अभियान सम्पन्न भएपछि विस्तृत प्रतिवेदन बुझाउन समेत मातहतका निकायलाई अध्यक्ष कोइरालाले निर्देशन दिएका छन् ।

734505507_1989547971922895_2927213009577911131_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप