स्काभेटर खोलामा खस्दा तीन जना घाइते
शनिबार, ०१ पुस २०७४, ०८ : ३९
दार्चुला - जिल्लाको मालीकार्जुन गाउँपालिका ८ पस्ती नजिक अनटेष्ट स्काभेटर दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बैतडिबाट दार्चुला सदरमुकाम आउँदै गरेको नयाँ स्काभेटर ऐरिछाना र पस्तीको बिचमा पर्ने भर्कोट खोलामा खस्दा तीन जना घाइते भएका हुन् ।
घाइतेलाइ उपचारको लागि दार्चुला जिल्ला अस्पताल खलंगा लगिएको छ ।
शुक्रबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । घाइते तिनै जना बोल्न नसक्ने अवस्थामा भएकोले उनीहरुको परिचय खुल्न नसकेको प्रहरीले रातोपाटीलाई बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमाणपत्र लिँदै सुहाङको वाचा, ‘मत दिनेको शिर कहिल्यै झुक्न दिनेछैन’
-
ललितपुरमा डढेलो निभाउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर
-
नाउपाकी थापाले लिइन् कृषि मन्त्रीको शपथ
-
पर्वतमा दम्पतीको हत्या प्रकरणः सीआईबीद्वारा २ जना पक्राउ
-
प्रभु बैंकको सञ्चालकमा कार्की र बलायर नियुक्त
-
विराटलाई विश्वकप टोलीमा समावेश गर्न बीसीसीआईलाई रोहित शर्माको सुझाव