उदयपुरमा भिरबाट लडेर एक जनाको मृत्यु
बिहीबार, ०९ भदौ २०७९, २१ : ०९
उदयपुरको कटारी नगरपालिका–१० सोतास्थित ६० वर्षीय वृद्ध फौदबहादुर श्रेष्ठको घर नजिकैको भिरबाट लडेर ज्यान गएको छ । घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखी घर फर्किने क्रममा अचानक भिरबाट लडेर २ सय मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राकेशकुमार पोदारले जानकारी दिए । लास पोस्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी इप्रका कटारीबाट प्रनाउको कमान्डमा टोली खटिएको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण