ट्राइसाइकलको सहाराले स्कुल पुग्छिन् सुनरपति
सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु)– कपिलवस्तुको विजयनगर गाउँपालिका डालपुरकी ११ वर्षीय सुनरपति गडरिया अब ट्राइसाइकलको सहाराले विद्यालय जाने गरेकी छन् ।
जिल्लाको चन्द्रौटास्थित जस्ट डान्स क्रिउ (जेडीसी) बाट ट्राइसाइकल पाएकी उनलाई विद्यालय पुग्न सहज भएको हो । शारीरिक रुपले अपाङ्गता भएकी गडरिया अभिभावकको सहाराले विद्यालयसम्म पुग्ने गरेकी थिइन् । शिव मावि डालपुर कक्षा ५ मा पढ्दै आएकी उनलाई बोकेर स्कूलसम्म पु¥याउने गरेको बुवा रामकुमार गडरियाले बताए । जन्मेदेखि नै उनको दुवै खुट्टाले काम गर्दैन आमा ज्ञानमतिले बताइन् । पहिलो पटक ट्राइसाइकल चढेर स्कूल जान पाउने भएपछि उनमा खुशीको सीमा छैन ।
सुनरपति जस्तै शारीरिक रुपले अपांगता भएकी विजयनगर गाउँपालिका शंकरपुरकी १८ वर्षीय सीता थारु र शिवराज नगरपालिका कुदरबेटवाकी ३५ वर्षीय पुष्पा कोहारले पनि जीवनमै पहिलो पटक ट्राइसाइकलमा चढेर हिँडडुल गर्न पाउने भएपछि निकै खुशी भएका छन् ।
शारीरिक रुपले पूर्ण अपांगता भएका ३ जनालाई जेडीसीले ह्वील चेयर वितरण गरेको थियो । शिवराज नगरपालिका ५, पूर्वरहटकोलकी १७ वर्षे सुमित्रा थारु, शिवराज नपा ५ का ५० वर्षीय गिरबहादुर कुँवर र शिवराज नगरपालिका ११ नयाँबस्तीका ५६ वर्षीय ओमबहादुर नेपालीले ह्वील चेयर पाएका हुन् । जीवनमै पहिलोपटक ह्वील चेयरमा बस्न पाएका उनीहरु निकै हर्षित देखिन्थे ।
यसैगरी विजयनगर गाउँपालिका अमलहवाका टुहुरा बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको थियो । जाडोबाट छल्न एउटै घरका ४ टुहुरा बालबालिकाहरुलाई सिरक, डसना, न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको जेडीसीका संयोजक आशिष थापाले जानकारी दिए । गत बैशाखमा बुवाको शेषपछि आमाले पनि छाडेपछि उनीहरु टुहुरा बनेका हुन् ।
अहिले १८ वर्षीय रेखा नेपाली र १५ वर्षे उषा नेपाली दुई दिदी बहिनीले पढाइ छाडेर दुई भाइबहिनीको पालनपोषण र शिक्षादिक्षाका लागि जोहो गर्दै आएका छन् । ११ वर्षे पूर्णिमा नेपाली अहिले भुवनेश्वरी मावि जगदीशपुर कक्षा ५ मा पढ्छिन् । उनका सबैभन्दा साना भाइ ५ वर्षीय विकास नेपाली भने कक्षा १ मा पढ्दै आएका छन् ।
जस्ट डान्स क्रिउले चन्द्रौटामा एक कार्यक्रमको आयोजना गरी शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई ३ थान ट्राइसाइकल र ३ थान ह्वील चेयर वितरण गरेको थियो । दीपावलीको अवसरमा देउसी भैलोको संकलन गरेको रकमबाट सामाजिक काममा लगानी गरेको जेडीसी देउसीभैलो संयोजक दीपेन्द्र पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण