बर्दिवासलाई शैक्षिक शहर बनाउने सपना छः मन्त्री पोखरेल
निकेश खनाल
बर्दिवास– महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता एवम् विनाविभागीय मन्त्री गिरीराजमणी पोखरेलले बर्दिबासलाई शैक्षिक शहर बनाउने आफ्नो सपना रहेको बताएका छन् ।
महोत्तरीको बर्दिबास, ३ गौरीडाँडामा शनिबार आयोजित जनता मावि को ४३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै उनले विद्यालय कारखाना भएकाले त्यसबाट उत्पादित जनशक्तिले राष्ट्रको आवश्यकतालाई परिपूर्ति गर्नुपर्ने र देशको नेतृत्व गर्ने साधनको रुपमा हुनु पर्ने कुरामा जोड दिए । उनले विद्यालयबाट उत्पादित जनशक्तिले काम गर्नुपर्ने हुनाले विद्यालयको महत्वपुण भूमिका हुनुपर्ने बताए ।
मन्त्री पोखरेलले त्रिचन्द्र कलेज स्थापना गर्दा राणाहरुले जनताका छोराछोरी पढेर आफ्नै शासनलाई अन्त्य गर्ने अभिव्यक्ति दिएको हुँदा नेपालको शैक्षिक स्तर उठ्न नसकेको टिप्पणी गरे । पोखरेलले आजको शिक्षा जीवनोपयोगी हुनुपर्ने कुरामा जोड दिंदै कमजोर विद्यार्थीलाई राम्रो विद्यार्थीमा बदल्न शिक्षक र अभिभावकले खेल्नुपर्ने भूमिका महत्वपूर्ण हुुने बताए ।
महोत्तरी क्षेत्र नम्बर १ बाट प्रदेश सभाका लागि निर्वाचित सांसद भरतप्रसाद शाह, बर्दिबास नगरपालिकाका मेयर विदुर कार्की, उपमेयर कृष्णमाया गौतम, सीटीइभीटीका सम्बन्धन शाखाका निर्देशक दोब्बर लाल शिलाकार, महोत्तरीका शिक्षा अधिकारी ठुलोबाबु दाहाल, लगायतले विद्यालयलार्य शुभकामना दिएका थिए ।
कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा ,प्रदेशसभा ,स्थानीय तहका विजयी पदाधिकारी र अशल विद्यार्थीका अभिभावकलाई प्रशंसा पत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण