मोरङमा दुई हजार बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण
मोरङमा स्थानीय तह निर्वाचनका दुई हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । आयोगले खर्च विवरण बुझाउन तोकेको समयमा थोरै उम्मेदवारले खर्च विवरण बुझाएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङमा हालसम्म एक हजार १२ स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चार हजार तीन सय ४६ उम्मेदवार थिए ।
जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिएका १६ मध्ये नौ जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् । स्थानीय तहको कार्यपालिका निर्वाचनमा उम्मेदवारी दिएका एक सय १४ मध्ये १२ ले मात्रै निर्वाचन आयोगमा निर्वाचनको खर्च विवरण बुझाएका छन् ।
तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐनमा रु १५ हजार जरिवाना गरेर सम्पत्ति विवरण बुझाउन निर्वाचन आयोगले आदेश दिने व्यवस्था रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकश्यप अधिकारीले बताए । उनले तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आयोगले गर्ने निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण