बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

शुभले ल्याए  ‘मलाई माया गर’

बुधबार, १४ असार २०७४, १४ : ५५
बुधबार, १४ असार २०७४

काठमाडौं - गायक शुभ तामाङको दोस्रो एल्बम ‘मलाई माया गर’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा गीतकार डा. भोला रिजालले एल्बम सार्वजनिक गरे । डा. रिजालले शुभका गीत दर्शकका लागि कर्णप्रिय हुने बताए ।


एल्बममा ८ वटा गीत छन् । जसमा ७ गीतमा उनकै संगीत र एक गीतमा राजनराज शिवाकोटीको संगीत छ । गीतमा डा. भोला रिजाल र दीपेन्द्र तामाङको शब्द छ । 
२०५५ सालदेखि संगीतमा सक्रिय शुभले ललितकला क्याम्पसबाट संगीतमा बीम्युज गरेका छन् । शुभले २०६० सालमा ‘शुभ’ नामक पहिलो एल्बम श्रोतामाझ ल्याएका थिए । 


‘मलाई संगीत क्षेत्रमा आउने सानैदेखिको सपना थियो । त्यो सपनालाई आज विपनामा परिणत गर्न पाउँदा खुशी लागेको छ,’शुभले भने,‘मलाई दीपेन्द्र तामाङले संगीतमा ल्याउन ठूलो सहयोग गर्नुभएको छ ।’ एल्बमलाई एशियन म्युजिकले बजार व्यवस्थापन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप