बिर्तामोड नगरपालिकाद्वारा तीन विधेयक पास
झापाको बिर्तामोड नगरपालिकाले तीन विधेयक पास गरेको छ । नगरको विशेष नगर सभामार्फत आज आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मत पास भएको हो ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गर्नुभएको थियो भने विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन विधेयक २०७९ सभामा प्रस्तुत गरेका थिए ।
विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले कानुन आवश्यक भएका कारण विशेषसभाबाट पास गरिएको बताइन् । “आजैदेखि लागू हुने गरी विधेयक पास भएको छ”, उनले भनिन्, “संविधानले स्थानीय सरकारलाई दिएको अधिकारलाई प्रयोग गर्दै काम गर्नुपर्छ, सोहीअनुरुप विधेयक बनाएर पास गरेका हौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण