शाहरुखको ‘जवान’ का लागि विजयले छाडे दुई एक्सन फिल्म
बलिउड अभिनेता शाहरुख खानको एक्सन फिल्म ‘जवान’ दर्शकमाझ प्रतीक्षित सूचीमा छ । तमिल सुपरस्टार विजय सेतुपति नकारात्मक भूमिकामा देखिने फिल्म चर्चा दिन प्रतिदिन बढ्दो छ ।
मिडिया रिपोर्टका अनुसार विजयले यो फिल्मका लागि मोटो रकम लिएका छन् । उनले फिल्मका लागि २१ करोड (भारु) पारिश्रमिक लिएको बताइन्छ । यसअघि विजयले फिल्म ‘अन्तिम’ का लागि १५ करोड लिएका थिए ।
‘जवान’ का लागि विजयले २ एक्सन फिल्मको अफर पनि अस्वीकार गरेको बताइन्छ । किनभने फिल्ममा विजयको भूमिका दमदारनै रहेको छ । ‘जवान’का लेखन निर्देशक एट्ली हुन् । हिन्दीको अलवा तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज हुने फिल्म शाहरुख खानकै प्रोडक्सन हाउस ‘रेड चिलीज इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भइरहेको छ । २ जुन २०२३ मा रिलिज हुने फिल्ममा शाहरुख खान र विजयको अलवा नयनतारा र सान्या मल्होत्राको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण