प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल : यी हुन् सक्रिय १० अनुहार
प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल (साढे चार वर्ष)मा ३ सय ११ वटा बैठक बस्यो । संसदीय अभ्यासमा सांसदहरु जति धेरै सक्रिय रहन्छन्, त्यति धेरै त्यसको गरिमा र भूमिका प्रभावकारी हुने मानिन्छ । किनकि सांसदहरुले जनताका समस्या बैठकको शून्य समयमा उठाउने गर्दछन् । यस्तै कानुन निर्माणका क्रममा सरकारले संसदमा प्रस्तुत गरेको विधेयकलाई थप परिमार्जन गर्दै समृद्ध बनाउन पनि सांसदहरुको भूमिका महत्वपूर्ण हुन्छ ।
यस्तै निर्माण भएका कानुनको कार्यान्वयनको विषयमा सरकारलाई खबरदारी गर्ने, भ्रष्टाचार, अनियमितता र कुशासनको विषयमा सरकारलाई सचेत गराउने सांसदहरुको दायित्व हो । तर, प्रदेश १ मा भने ३ सय ११ पटक बसेको बैठकमा १६ सांसदमात्रै ४० पटक भन्दा धेरै बैठकमा आफ्ना धारणा राखेका छन् । १५ जना सांसद त १० पटक पनि शून्य समय र विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुन रुचाएनन् ।
१५ मध्ये पनि ९ जनाले त ५ पटक पनि बोलेनन् । जसमा ठूला नेताहरू सहभागी छन् । यसरी कम बोल्नेहरुमा पूर्व मुख्यमन्त्री शेरधन राई (१), भीम प्रसाद आचार्य (४), पूर्वमन्त्री जीवन घिमिरे (३), हिक्मतकुमार कार्की (३), टंक आङ्बुहाङ (४), सांसद गणेशकुमार काङमाङ (१), तेजमान कन्दङवा (२), गुलेफुन खातुन (३) र पूर्णप्रसाद राजवंशी (५) छन् ।
संसद सचिवालयले दिएको जानकारी प्रदेशसभाको साढे ४ वर्षको कार्यकालमा ३१२ वटा बैठकमा ३६४ घण्टा ४३ मिनेट छलफल भएको छ । प्रदेशसभाबाट हालसम्म संशोधनसहित ६३ वटा विधेयक पारित भएका छन् ।
साढे ४ वर्षको समयमा सांसदहरूले शून्य समयमा ८८५ पटक, विशेष समयमा ५६ पटक, दलको तर्फबाट ६५ पटक र विधेयक माथिको सैद्धान्तिक छलफलमा १ हजार ८२ पटक सांसदहरुले आफ्ना कुरा राखेका छन् ।
सबैभन्दा धेरै सक्रिय रहेका सांसदहरुमा बिमल कार्की (७७), राजकुमार ओझा (७१), सूयर्माराज राई (६५), मोहनकुमार खड्का (६५) र जयराम यादव (६४) छन् । यस्तै केदार कार्की (५९), अम्बिका थापा (५६) विष्णु तुम्बाहाङ्फो (५०) शिवनारायण गनगाई (४९) लीला सुब्बा (४७) पनि सक्रिय हुनेको सूचीमा छन् ।
यस्तै प्रतापप्रकाश हाङ्गाम (४७) लोकप्रसाद संग्रौला (४६) , उमिता विश्वकर्मा (४६) सन्जाकुमारी दनुवार (४४) कुल प्रसाद सम्बा (४१), खिनु लङ्वा लिम्बू (४०) प्रदेशसभामा निकै सक्रिय रहे ।
हेर्नुहोस् तथ्याङ्क
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण