‘हेराफेरी’ र ‘वेलकम’ को तेस्रो सिक्वेल बन्ने
बलिउडको हिट फिल्ममा पर्छ ‘हेराफेरी’ र ‘वेलकम’ । दुई सिक्वेल रिलिज भएर दर्शकको माया पाउन सफल यो फिल्मको तेस्रो सिक्वेलको प्रतिक्षामा दर्शक छन् ।
‘हेरा फेरी’ मा अक्षय कुमार, सुनिल शेट्टी र परेश रावल देखिएका थिए, भने ‘वेलकम’ मा अनिल कपुर र नाना पाटेकरले ग्याङ्गस्टर बनेर मानिसको मन जितेका थिए । अब यी दुई फिल्मको तेस्रो पार्ट बन्ने छ ।
जानकारीका अनुसार निर्माता फिरोज नाडियाडवालाले ‘हेराफेरी ३’ र ‘वेलकम ३’ को तयारी गरिसकेका छन् । निर्माताले छिट्टै यी दुई प्रोजेक्टको औपचारिक घोषणा गर्ने बताइएको छ । फिल्म २०२३ मा सुरु हुनेछ ।
रिपोर्टका अनुसार नाडियाडवाला फिल्म ‘हेराफेरी ३’ मा जति सक्दो चाँडो काम सुरु गर्न चाँहन्छन् । यसका साथै उनले छिट्टै ‘वेलकम ३’ को काम पनि थाल्नेछन् । ‘हेरा फेरी ३’ मा परेश रावल, अक्षय कुमार र सुनिल शेट्टीलाई पहिले जस्तै बनाउने उनको प्रयास छ । यद्यपी दुबै फिल्मको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भएको भने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण