मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रतिनिधि सभालाई स्थायी बनाउने हो भने राष्ट्रिय सभा खारेज गरौँ’

सोमबार, २० भदौ २०७९, १० : २४
सोमबार, २० भदौ २०७९

पूर्व सांसद भरत विमल यादवले प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउने सरकारको तयारी प्रति आपत्ति जनाएका छन् ।  प्रतिनिधिसभालाई स्थायी बनाउँदा राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न खडा हुने भन्दै संसद्को दुईवटै सदनलाई स्थायी बनाएर जग हँसाई नगर्न यादवले आग्रह गरेका हुन् ।

उनले प्रतिनिधिसभा स्थायी सभा नहुँदा नै राज्य संसद्‍‍विहीन नहोस् भनी द्विसदनात्मक व्यवस्था अनुरूप माथिल्लो सदन राष्ट्रिय सभाको व्यवस्था गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधिसभालाई स्थायी बनाउँदा राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न खडा हुँदैन ? संसद्को दुईवटै सदन स्थायी ! जग हँसाई नगरौँ।’

यदि प्रतिनिधिसभालाई स्थायी बनाउने नै हो भने राष्ट्रिय सभालाई खारेज गर्नुपर्ने उनले बताएका छन् । ‘राजनीतिशास्त्रको सर्वमान्य सिद्धान्तको उपहास गरी दुनियाँका नजरमा परिहास को पात्र न बनौँ! द्विसदनात्मक व्यवस्थामा एकसदनात्मक सिद्धान्त घुसाएर लोकतान्त्रिक प्रणाली, सिद्धान्त,मूल्य-मान्यताको अपमान न गरौँ,’ उनको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप